कोरोनाकै कारण थप ४ जनाको मृत्यु, नेपालमा भाइरसकका कारण मृत्यु हुनेकाे संख्या ९९ पुग्‍यो

meropati

काठमाडौं, ३० साउन । कोरोना भाइरसको संक्रमणबाट थप चार जनाको मृत्यु भएको छ ।

हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताएका छन् ।



प्रदेश अनुसार कोरोना संक्रमणबाट सबैभन्दा बढी प्रदेश २ मा मृत्यु भएको छ ।

प्रदेश १ मा ९ जना पुरुष, प्रदेश २ मा ३१ पुरुष र महिला ११ गरी ४२ जना, वागमती प्रदेशमा १३ पुरुष र ५ महिला गरी १८ जना, गण्डकी प्रदेश ६ पुरुष, प्रदेश ५ मा ९ पुरुष र ३ महिला गरी १२ जना,  कर्णाली प्रदेशमा ४ पुरुष र सुदूरपश्‍चिममा ५ पुरुष र ३ महिला गरी ८ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: