सामाजिक संस्था ‘समृद्ध नेपाल’ ले मनायो आफ्नो स्थापनाको पहिलो वर्ष

meropati

चितवन, ३० साउन । सामाजिक संस्था ‘संमृद्ध नेपाल’ ले आफ्नो स्थापनाकाे पहिलो वर्ष मनाएकाे छ । संस्थाको पहिलो वर्ष पूरा भएको अवसरमा समृद्ध नेपाल संस्थाले आफ्नो लाेगाे समेत सार्वजनिक गरेकाे छ ।

२०७६ साल साउन २५ गते सामाजिक काम गर्ने उदेश्यले स्थापना भएकाे सामाजिक संस्था ` समृद्ध नेपाल ´ स्थापना भएको हो । केन्द्रिय कार्यलय चितवनमा राखेर देशै भरी सामाजिक कामहरु गर्ने उदेश्यले संस्था स्थापना गरिएकाे संस्थाका  संयोजक निराज रानाभाटले बताए ।



उनले आफ्नो २० औं जन्मदिनको पावन अवसरमा समृद्ध नेपाल संस्था स्थापना गरेका हुन र उनले संस्थाको समितिमा रहेका सम्पूर्ण पदाधिकारीहरुलाई साथै देशको विभिन्न जिल्लाबाट सामाजिक अभियान्ताहरु समेत यस संस्थामा जोडिन आग्रह गरेका छन् ।

यस संस्थाले अबका दिनम समेत देशैभरी सामाजिक कामहरु गर्ने गरि कार्यक्रमहरु तय गर्ने समेत बताएकाे छ ।साथै हाल विश्वभरि फैलिएकाे महामारि कोभिड १९ लाई समेत मध्यनजर गरि कार्यहरु अगाडी बडाउने संयोजक रानाभाटले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: