उच्च अदालतमा कोरोना परीक्षण, खरिदारसहित २३ जनामा संक्रमण पुष्टि

meropati

वीरगञ्ज,३१ साउन । वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालमा गरिएको परीक्षणमा उच्च  अदालतका खरिदार सहित २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।नारायणी अस्पतालका मेसु उपाध्यायले जानकारी दिए अनुसार शुक्रबार अबेर राती प्रयोगशालमा गरिएको परीक्षणमा संक्रमण हुनेहरुमा बारा जिल्लाका २ जना र पर्सा जिल्लाका २१ जना सहित थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

वीरगन्ज महानगरपालिकास्थित नारायणी अस्पतालमा गरिएको कन्ट्याक्ट ट्रेसिङमा परेका सबैभन्दा धेरै संक्रमित रहेका छन् । संक्रमितहरु हुनेहरुमा अच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्ज सरकारी वकिल कार्यालयका २८ बर्षका १ जना खरिदार रहेका छन् । वीरगन्ज बसर्पाकमा रहेको हिमाल भान्सा घर होटलमा कार्यरत ३५ बर्षीय १ जना कर्मचारी, वीरगन्ज हेल्थ केयर अस्पतालका २ जना कर्मचारी, वयोधा अस्पतालको १ जना कर्मचारी र वयोधा अस्पतालमा रहेको खाजा घरका १ जना संक्रमण पुष्टि भएको छ ।



त्यसैगरी स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका ५३ बर्षका उप प्रबन्धक समेत संक्रमण पुष्टि भएको छ । त्यसैगरी  वीरगन्ज महानगरपालिका विभिन्न वडाका १३ जना रहेको छ । पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर ८ हरपुरका २३ बर्षका १ जना पुरुष रहेका छन् ।

त्यसैगरी बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिकाको जितपुरमा रहेको नेपाल इन्भेष्टमेण्ट बैकका २८ बर्षका १ जना कर्मचारी रहेका छन् । बारा जिल्ला कलैया वडा नम्बर १२ का ४१ वर्षीय महिला रहेकी नारायणी अस्पतालका मेसु उपाध्यायले बताए ।साउन २६ गते देखि ३० गते सम्मका स्वाब संकलन गरि नारायणी अस्पतालको प्रयोगशालमा परीक्षण गर्दा २३ जना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: