थप ४६८ जनामा कोरोना संक्रमण पुष्टिः संक्रमितको संख्या २६ हजार नाघ्यो

meropati

काठमाडौं, ३१ साउन । पछिल्लो २४ घण्टामा ४६८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ११ हजार ४४७ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

यससँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको छ । उनीहरुमध्ये १०२ जनाको मृत्यु भएको छ भने १७ हजार २०१ जना निको भएका छन् ।



स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर टेष्ट ५ लाख नागेको छ । हालसम्म ५ लाख ५ हजार ६६० पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: