बुटवल देविनगरका थप २ जनामा देखियो कोरोना

meropati

बुटवल, ३१ साउन । शनिवार रुपन्देहीमा थप १७ जनामा कोरोना भाइरस पुष्टि भएकाे छ । जसमध्ये १२ जना भैरहवा एसविआइ बैंकका हुन् ।

बाँकी २ जना सिद्धार्थनगर नगरपालिका वडा नं २ बेलहियाका तथा ३ जना बुटवलका रहेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीका भेक्टर कन्ट्रोल निरीक्षक केदार शाहले बताए । । आज लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा १ जना कपिलवस्तुका कोरोना संक्रमितको मृत्यु समेत भएको छ ।



बुटवलमा भेटिएका ३ जना मध्ये बुटवल देवीनगरका २ जना र एकजनाको वडा नखुलेका समेतमा कोरोना पोजेटिभ आएकाे छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: