ग्लोबल आइएमइ बैंक बुटवलमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण

meropati

बुटवल, १ भदौ । बुटवलमा रहेको ग्लोबल आइएमइ बैंककी एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। आइतबार आएको पीसीआर रिपोर्टअनुसार बुटवलमा २१ जनामा संक्रमण देखिएकोमा १ जना उनीपनि रहेको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले जानकारी दिए ।

मिलनचोकमा रहेको ग्लोबल आइएमइ बैंकको ग्राहक शाखामा कार्यरत उनमा कोरोना देखिएकाे पुष्टि भएकाे छ । बुटवल उपमहानगरपालीका पछिल्लो समयमा कोरोनाकाे हव बन्दै गएको छ ।



बुटवल  उपमहानगरपालीकाले बैंक तथा वित्तिय संस्थालाई नगद कारोबार समेत नगर्न अनुरोध गरिसकेकाे छ ।

बुटवलमा आइतवार मात्रै थप भएकामध्ये बुटवल वडा नं १, २ र ३ का १-१ जना, ८ का २ जना, ११ का ६ जना र १३ का १० रहेको बुटवल उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सिंहले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: