विहानै थपिए मेयर र मेसुसहित ९२ जना कोरोना संक्रमित

meropati

वीरगञ्ज, १ भदौ । पर्सामा ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नयाँ संक्रमित हुनेमा पोखरिया नगरपालिकाका मेयर दिप नारायण रौनियारसहित उनका परिवारका सदस्य, सवारी चालक तथा स्वकीय सचिव, सखुवा प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष लालबहादुर यादव, पोखरिया अस्पतालका मेसु, चार डाक्टर, तीन जना नर्समा समेत कोरोना पुष्टि भएको छ ।



मेयरसहित उनका परिवारका सदस्य, सवारी चालक तथा स्वकीय सचिवमा समेत कोरोना देखिएको हो ।

नारायणी अस्पतालका अनुसार पोखरिया नगरपालिकामा ३३ जना, वीरगञ्ज महानगरका ३८ जना, जगरनाथपुर गाउँपालिकामा १५ जनामा, सखुवाप्रसौनी गाउँपालिकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: