केहीबेरमा एसईईको परीक्षाफल प्रकाशित हुँदै , त्रुटी सच्याउन इकाइमा निवेदन दिनुपर्ने

meropati

काठमाडौं, १ भदौ । राष्ट्रिय परीक्षा बोर्डले बिसं २०७६ सालको एसईईको परीक्षाफल केहीबेरमा प्रकाशित गर्ने तयारी गरेको छ । बोर्डको अहिले बैठक जारी छ । बिहान ९ बजेदेखि दिउसोभर रुजु र डमी कपि हेरेका बोर्डका सदस्यले परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

बोर्डमा जारी बैठकले केहीबेरमा परीक्षाफल प्रकाशित गर्नेछ । बोर्डका एक सदस्यका अनुसार बैठक जारी भएकोले केहीबेरमा परीक्षाफल प्रकाशित हुने जानकारी दिएका छन् ।



परीक्षा नियन्त्रण कार्यालय( एसईई)ले करिब एक साता अघि परीक्षाफल तयार गरी बोर्डका अध्यक्षलाई बुझाएको थियो । सोही आधारमा बोर्डले शिक्षामन्त्री गिरिराजमणी पोखरेलसंग सहमति लिएर परीक्षफल प्रकाशित गर्ने निर्णय गरेको हो ।

परीक्षााफल प्रकाशित भएपनि भदौ १५ गतेसम्म भर्ना भने गर्न पाइनेछैन । सरकारको निर्देशन पालना नगर्ने विद्यालयलाई शिक्षा, विकास तथा समन्वय इकाइले कारबाही गर्नेछ ।

त्यस्तै त्रुटी सच्याउन व्द्यिार्थीलाई पनिका आउनुपर्ने व्यवस्था हटाइएको छ । अब विद्यार्थीले ३५ दिनभित्र फारम भरेर शिक्षा इकाइमा बुझाएपछि इकाइलेनै त्रुटी सच्याएर विद्यालयमा पुर्‍याउने व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: