बिस्फोटको घाउसँग जुधिरहेको लेबनानमा कोरोना कहर

meropati

एजेन्सी,२ भदौगत अगस्ट चार तारिखमा भएको बिस्फोटपछि कोरोनाभाइसका संक्रमितमा तीब्र वृद्धिलाई मध्यनजर गर्दै लेबनानका कार्यवाहक स्वास्थ्यमन्त्री हमद हसनले बेरुतमा चार हप्ताको लकडाउनको घोषणा गरेका छन् ।उनले भोइस अफ लेबनान रेडियोसँग भने, ‘आज हामीले देशमा लकडाउन लगाउने कडा निर्णय लिनु परिरहेको छ ।

हमद हसनले लेबनानको एक पत्रिका ‘अन नाहर’ लाई भने, ‘दुई हप्ताको लकडाउनका बेला स्वास्थ्य सेवा भने जारी रहनेछन् ।’बिस्फोटपछि बेरुतमा ६ हजारभन्दा बढी घाइते भएका छन् । यो बिस्फोटमा बेरुतका अस्पतालमा पनि अत्यधिक क्षती पुगेको छ ।स्वास्थ्य मन्त्रालयले आइतबार लेबनानमा कोभिड–१९ का ४ सय ३९ नयाँ संक्रमित भेटिएको र ६ जनाको मृत्यु भएको बताएको छ ।



Leave a Reply

Your email address will not be published.

%d bloggers like this: