अर्घाखाँचीमा भदौ ३ देखि भदौ १० सम्म पूर्ण लकडाउन

meropati

सन्धिखर्क, २ भदौ  । कोरोना संक्रमण सतर्कता अपनाउन अर्घाखाँचीलाई भोलि बिहानदेखि ’लकडाउन’ गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलको अध्यक्षतामा बसेको सर्वदलीय, सर्वपक्षीय बैठकले यही भाद्र ३ गते (भोलि) बिहान ६ बजेदेखि भाद्र १० गते साँझ ६ बजेसम्म लकडाउन गरिएको हो ।

लकडाउन भर जिल्लाभित्र एम्बुलेन्स, दमकल, शव वाहन, सुरक्षाकर्मी, ईँन्धन, ग्यास, अत्यावश्यक खाद्य पदार्थ, स्वास्थ्यकर्मी रहेको सवारीसाधन र जिल्ला प्रशासन कार्यालयबाट अनुमति प्राप्त सवारी साधन मात्र सञ्चालन पाईने र सानाठुला सवारी साधन र मोटरसाईकल समेत सञ्चालन गर्न प्रतिबन्ध लगाईएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद खनालले जानकारी दिए ।



उनका अनुसार लकडाउन अवधिमा अत्यावश्यकीय सेवाका स्वाथ्य क्षेत्र, खाद्यान्न, दुग्ध तथा तरकारी सञ्चालनमा आउन दिइने भएको छ । लकडाउन अवधीमा सरकारी कार्यालय, बैंक तथा वित्तिय संस्था खुला रहने र अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रभाह नहुने सहायक प्रमुख जिल्ला अधिकारी खनालले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: