पर्यटन विकासका लागी सारङ्गी बनाउन तथा रोजगारी सिर्जना गर्न पाल्पाली टुरकाे सहयोग

meropati

पाल्पा, २ भदौ । पाल्पा जिल्लामा रहेका गन्दर्भ समुदायका व्यक्तिहरुलाई सहयाेग तथा आयआर्जनमा आफ्नै पुर्‍खौली पेशाकाे समेत संरक्षण हुने गरि पाल्पाली टुर एण्ड ट्राभलले सहयाेग गर्ने भएकाे छ ।

गन्दर्भ समूदायमा पहिला देखिनै चल्दै आएकाे सारङ्गी बजाउने बनाउने तथा प्रबन्धन गर्ने काम हाल हराउदै गएकाे र यसले सो समुदायकाे पहिचानमा समेत कमि भएकाले पुरानो पेशा संरक्षण गर्नका लागी गन्दर्भ टोल विकास संस्था तानसेन वडा न ६ काे आयोजनामा सशक्तिकरण सम्बन्धि कृयाकलाप जनचेतनामूलक तथा महिला र दलितका लागी पेशागत आधारमा आय आर्जन तथा पुरानो संस्कृति संरक्षणमा टेवा पुर्‍याउने काम गर्नका लागी पाल्पाली टुर एण्ड ट्राभलले पचास हजार सहयोग गर्ने भएकाे हो ।



पाल्पाका विभिन्न ठाँउमा रहेकाे गन्दर्भ समुदायमा रहेका ब्यक्तिहरुले संस्कृती संरक्षणका साथै कोभिड १९ ले रोजगार गुमाएका हरुले समेत सिप अनुसारकाे काम गरि कम्तिमा १५ वटा सम्म सारङ्गी बनाउनका लागी ट्राभले सहयोग गरेकाे संस्थाका संचालक राजिव शाहले बताए ।

 

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: