एटिएम प्रयोगकर्ता कोरोना संक्रमण जोखिमबाट बच्न गरिने उपायहरु

meropati

 

काठमाडौं, ३ भदौ । एटिएम बुथ धेरै मान्छेले प्रयोग गर्ने हुँदा कोरोना संक्रमणको उच्च जोखिममा हुने सम्भावना  रहन्छ । संक्रमितले प्रयोग गरेको एटिएममा अर्को व्यक्तीले छुँदा संक्रमण सर्न सक्छ। त्यस्तै संक्रमितले खोक्दा, हाच्छिउ गर्दा हावामा केहिबेर रहन सक्छ र अर्को व्यक्ति बुथमा मास्क नलगाई जादा संक्रमण हुनसक्छ,।



सेन्चुरी बैंकले आफ्ना सबै एटिएम बुथमा स्यानिटाइजर राखेको छ। आफ्ना ग्राहकलाई कोभिड–१९ बाट जोगाउन बैंकले सुरुआती दिनदेखि नै बजारमा पाएसम्म सेनिटाइजर एटिएम बुथमा राखेको बतायो। एटिएम प्रयोगकर्ता ब्रान्चहरुमा त अनिवार्य मास्क, तापक्रम नाप्ने, सेनिटाइजर लगायत कुरामा पहिलो प्राथमिकता दिएका छौं। एटिएम बुथमा पनि लकडाउनदेखि नै सेनिटाइजर राख्यौ,’ बैंकका एक कर्मचारीले भने।

एटिएम प्रयोगकर्ता सचेत भए यस्ता जोखिमबाट बच्न सक्छ । कोरोना भाइरस आफूबाट अरुलाई र अरुबाट आफूलाई सार्नबाट जोगिन मास्क अनिवार्य रुपमा लगाउनुपर्ने हुन्छ। संक्रमितले खोक्दा, हाच्छिउ गर्दा हावामा भाइरस रहनसक्ने हुँदा सकेसम्म एकजनाले एटिएम प्रयोग गरेको केहीबेर ढोका खुल्ला राख्दा राम्रो हुन्छ । त्यस्तै एटिएममा छिरेपछि बटम दबाउनु भन्दा पहिले र एटिएम प्रयोग गरिसकेपछि आफ्नो हात सेनिटाइज गरेमा कोरोना भाइरस आफूवाट अरुलाई र अरुबाट आफूमा सर्ने सम्भावना न्यून रहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: