आज थपिएका ६८१ संक्रमित मध्ये कुन जिल्लाका कति ?

meropati

काठमाडौं, ३ भदौ । बुधबार नेपालमा ६८१ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । यो सहित संक्रमितको संख्या २८ हजार ९ सय ३८ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

जसमध्ये रुपन्देहीमा मात्र ५४ जना रहेका छन् । यस्तै मन्त्रालयका अनुसार ३ हजार १ सय ३१ जना होम आइसोलेसनमा रहेका छन्। क्वारेन्टाइनमा १३ हजार ५७१ जना रहेका छन् भने आइसोलेसनमा ११ हजार १ सय १८ जनाको उपचार भइरहेको छ।



पछिल्लो २४ घण्टामा १२० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १७ हजार ७ सय पुगेको छ। नेपालमा कोरोनाबाट १२० जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट १२० जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९ सम्बन्धी नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ६८१ जनामा कोरोना भाइरस संक्रमण देखिएको जानकारी दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ओखलढुंगाका १, झापाका १६, पाँचथरका १, मोरङका ६९, पर्साका १०८, सुनसरीका ३६, बाराका १५, महोत्तरीका १२, रौतहटका ४, सप्तरीका १३, सर्लाहीका १९, सिराहका १९, काठमाडौँका १३४, चितवनका २४, धादिङका १, भक्तपुरका ८ र ललितपुरका १७ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै कास्कीका ५, गोरखाका ३, तनहुँका ४, नवलपरासीका १२, लमजुङका १०, कपिलवस्तुका ६, दाङका ३, नवलपरासीका १, पाल्पाका १, प्यूठानका २, बर्दियाका २, बाँकेका १८, रुपन्देहीका ५२, जुम्लाका ९, रोल्पाका १, सल्यानका १७ सुर्खेतका  १३, अछामका ३, दैलेखका ४, कैलालीका ३ र डोटीका ४ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: