बुटवलमा तिब्र फैलिदै कोरोनाः एकै दिन एउटै वडामा थपिए १७ संक्रमित

meropati

बुटवल, ३ भदौ । बुटवलमा बुधबार एकैपटक ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। थपिएकामध्ये १७ महिला र १५ पुरुष हुन्।

बुटवल उपमहानगरपालिका स्वास्थ्य शाखाका प्रमुख कुन्दन कुमार सिंहले बुटवलमा संक्रमितको संख्या १२७ पुगेको जनाए। त्यसमध्ये १०१ जना सक्रिय संक्रमित हुन्।



बुटवल उपमहानगरपालिकाका १९ मध्ये १७ वटा वडामा कोरोना संक्रमण फैलिएको छ । बुधबारसम्मको तथ्यांक अनुसार वडा नंं ७ र १८ मा संक्रमित भेटिएका छैनन् ।

७० हजार बढी जनसंख्या भएको वडा नंं. ११ मा कोरोना संक्रमितको संख्या पनि सबैभन्दा धेरै ५२ पुगेको छ । बुधबार मात्रै वडा नंं. ११ मा १७ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कुन्दनकुमार सिंहका अनुसार बुधबार वडा नंं.१३ का ६ जना, वडा नंं. ६ का ४ जना, वडा नं. ४ का २ जना तथा वडा नंं. ३, १२ र १५ मा एक-एकजना संक्रमित थपिएका छन् ।

बुधबार थपिएका ३२ जनामध्ये एकजना उपमहानगरपालिकाकै कर्मचारी हुन् । यसअघि उपमहानगरपालिकाका दुई अधिकृतसहित चारजना कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।

बुटवल उपमहानगरपालिकामा देखिएका १ सय २७ जना संक्रमितमध्ये १०१ जना सक्रिय संक्रमित रहेका छन् । बुटवलमा हालसम्म वडा नंं ११ पछि वडा नं १३ मा २२ जना, वडा नंं ६ मा १२ जना, वडा नंं. १० मा ९, वडा नंं ८ मा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

यस्तै वडा नंं १, २, ३, १४ र १७ मा २–२ जना, वडा नं. ४ मा ४ जना, ५ मा ३ जना, वडा नंं ९, १५,१६ र १९ मा संक्रमितको संख्या एक–एक जना रहेको स्वास्थ्य शाखा प्रमुख सिंहले बताए ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: