कोरोना त्रास : पाल्पामा समेत भदौ ५ गते देखी १२ गतेसम्म निषेधाज्ञा गर्ने निर्णय

meropati

पाल्पा, ४ भदौ । छिमेकी जिल्लाहरुमा समुदाय स्तरमा कोरोना संक्रमितको संख्या बढ्दै गएपछि पाल्पा जिल्लामा समेत भदौ ५ गते राती १२ बजेदेखी १२ गते राति १२ बजे सम्म निषेधाज्ञा गर्ने निर्णय भएकाे छ ।

निषेधाज्ञा जारी भएसँगै १२ गतेसम्म बिनाकाम कुनै पनि नागरिक घरबाट बाहिर निस्कन पाइनेछैन भने अत्यावश्यक बाहेकका सबै क्षेत्र बन्द हुनेछन् । सोही अवधिसम्म पाल्पा बाहिरका विभिन्न जिल्लाबाट पाल्पा जिल्लामा भित्रनसमेत निषेध गरिएको छ ।



जिल्लाको सुरक्षा निकायका प्रमुखसहितको विहिबार संयुक्त बैठकले संक्रमितको संख्या बढ्दै गएपछि १२ भदौसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

प्रमुख जिल्ला अधिकारीकाे अध्यक्षतामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि संक्रामक रोग ऐन, २०२० को दफा २ एवं स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञाको निर्णय गरिएकाे हो ।

निषेधाज्ञाभर बिनाकाम कोही पनि घरबाट निस्कन नपाइने र निस्किएको पाइए कानुनअनुसार कारबाही अघि बढाइने भएकाे छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: