पाल्पामा करेन्ट लागेर एक जनाको मृत्यु, एक घाइते

meropati

बुटवल, ५ भदौ । पाल्पा जिल्लाको रैनादेवि छहरा गाउँपालिका–६ खुनधारामा विद्युत सर्ट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार छहरा गाउँपालिका ६ खुनधाराकी २७ वर्षकी दिलकुमारी पुनको मृत्यु भएको हो । घटनामा स्थानीय वर्ष ५२ का झमानसिंह पुन करेन्ट लागी घाइते भएका छन् ।



युनाइटेड मिसन अस्पताल पाल्पामा उपचार गर्दा गर्दे दिल कुमारीको बिहान मृत्यु भएको थियो । झमान सिंहको उपचार भइरहेको छ ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: