गुल्मी, अर्घाखाँची, पाल्पा, रुपन्देही सहित आज थपिएका ८३८ जना कोरोना संक्रमित कुन जिल्लामा कति?

meropati

काठमाडौं ,५ भदौ।  पछिल्लो २४ घण्टामा ८३८ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ।

शुक्रबार कोरोना संक्रमण पुष्टि भएकामध्ये २९२ महिला र ५३८ पुरुष रहेका छन् । योसहित संक्रमितको संख्या ३० हजार ४८३ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।



पछिल्लो २४ घण्टामा २५० जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार २१४ पुगेको छ।

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार संक्रिय संक्रमितको संख्या १२ हजार १३२ रहेको छ । अहिले क्वारेन्टाइनमा १२ हजार २३४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको छ ।  योसँगै कोरोनाले ज्यान गुमाउने १३७ पुगेका छन् ।

नेपालमा कोरोना संक्रमतिको संख्या ३० हजार नाघेको छ। शुक्रबार ८ सय ३८ जना कोरोना संक्रमित थपिएसँगै कोरोना संक्रमितको संख्या ३० हजार ४ सय ८३ पुगेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार इलाममा ४, उदयपुरमा २, झापामा ७, ताप्लेजुङमा १, पाँचथरमा १, मोरङमा ४५, सुनसरीमा २९, धनुषामा ३, पर्सामा ८०, बारामा ४०, रौतहटमा ११, सप्तरीमा ५, सर्लाहीमा २४, सिराहामा १६, चितवनका २३, दोलखामा १, धादिङमा १, नुवाकोटमा २, मकवानपुरमा ३२, सिन्धुलीमा ८ र कास्कीमा १ जनामा कोरोना पुष्टि भएको हो।

यस्तै नवलपरासीमा १९, बागलुङमा ३, स्याङजामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा ४, पाल्पामा १, प्यूठानमा ६, बर्दियामा ६, बाँकेमा २०, रुपन्देहीमा १७, रोल्पामा १, कालिकोटमा १, पर्वतमा १, मनाङमा २, जुम्लामा ५३, दैलेखमा १, रुकुममा ३, अछाममा ३८, कञ्चनपुरमा १४, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा २५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय १४ पुगेको छ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: