थप ६३४ जनामा कोरोना संक्रमण पुष्टि

meropati

काठमाडौं, ६ भदौ । सनिबार नेपालमा ६३४ व्यक्तिमा कोरोना संक्रमण देखिएको छ । यससँगै कुल संक्रमितको संख्या ३१ हजार ११७ पुगेको  स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

२४ घण्टामा जम्मा १ सय २४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या १८ हजार ३ सय ५० जना पुगेको छ।



देशभरका प्रयोगशालामा १२५१९ स्वाब परीक्षण गर्दा उपत्यकामा मात्र २१६ जनामा संक्रमण पुष्टि भएको छ । यसमध्ये काठमाडौं जिल्लामा १६० जना, ललितपुरमा ६ र भक्तपुरका ५० जना छन् ।

 

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: