बुटवलमा रुपन्देहीका थप २ जना कोरोना संक्रमितको मृत्यु

meropati

बुटवल, ७ भदौ । रुपन्देहीमा थप २ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देही समरीमाइ गाउँपालिका २ का ३८ वर्षीय पुरुष र बुटवल १ की ६७ वर्षीया महिलाको मृत्यु भएको अस्पतालले पुष्टि गरेकाे छ ।



बुटवल १ निवासी ६७ वर्षीया महिला गत साउन ३१ गते कोरोना संक्रमण पुष्टि भएपछि अस्पतालमा भर्ना भएकी थिइन्।

उनी मृगौला र उच्चरक्तचापको बिरामी समेत रहेकाे अस्पतालले जनाएकाे छ । उनमा आइतबार बिहानदेखि स्वास्थ्यमा गम्भीर समस्या आएको र थप उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।

रुपन्देहीकै समरीमाइ गाउँपालिका २ का ३८ वर्षीय पुरुष यही भदौ १ गते संक्रमण पुष्टि भएर अस्पतालमा भर्ना भएका थिए। उनमा  कोरोना संग मिल्दा लक्षणहरुसहित स्वासप्रश्वासमा समस्या देखिएको थियो।

उनीहरु दुवैजनाको सघन कक्षमा तथा भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो भने उपचारकै क्रममा दुखद निधन भएकाे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: