अर्घाखाँची र जाजरकोटका सिडिओ फेरिए

meropati

काठमाडौँ, ९ भदौ । गृह मन्त्रालयले २ जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ ।

मन्त्रालयका स्रोतका अनुसार अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी(प्रजिअ) विजयराज पौडेललाई जिल्ला प्रशासन कार्यालय रुपन्देहीको सहायक प्रमुख जिल्ला अधिकारी(सप्रजिअ) मा सरुवा गरिएको हो भने अर्घाखाँचीको प्रजिअमा गृह मन्त्रालयका विष्णु पौडेललाई पठाइएको छ ।



चन्द्रनिगाहपुर इलाका प्रशासनका चेतराज बराललाई जाजरकोट जिल्लाको प्रमुख जिल्ला अधिकारीमा  पठाइएको छ भने जाजरकोटका जनकराज पन्त गृह मन्त्रालयमा तानिएका छन् । बरालको ठाउँमा इलामका सहायक प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलालाई खटाएको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: