कैलालीका एक पुरुषको कोरोना संक्रमण देखिएको भोलिपल्टै मृत्यु

meropati

कैलाली, १० भदौ । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका एक कोरोना संक्रमितको मृत्यु भएको छ। मंगलवार साँझ कोरोना पुष्टि भएका जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर ११ का ४५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

मंगलबार मात्रै उनमा कोरोना पुष्टि भएको थियो। कोरोना पुष्टि हुनु अघि धनगढीकै निजी अस्पताल(निसर्ग)मा उपचारतत उनलाई कोरोना पुष्टि भएपछि मंगलवार राति ११ बजे सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पतालमा सारिएको थियो।



उपचारका क्रममा संक्रमण पुष्टि भएपछि उनी उपचाररत धनगढीको निसर्ग अस्पतालले आईसियु वार्ड सिल गरेको छ। अन्य सेवा यथावत रुपमा जारी छ। आइसियुमा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी र कर्मचारीलाई क्वारेन्टाइनमा राकिएको अस्पतालले जनाएको छ।

उनको बुधबार बिहान सवा ९ बजेतिर मृत्यु भएको श्रेष्ठको भनाई छ। ‘उनको अवस्था नाजुक नै थियो’ उनले भने, ‘भेन्टिलेटरमा राखेर उपचार थालिएका उनको मृत्यु भएको छ।’

शव व्यवस्थापनका लागि नेपाली सेनालाई खबर गरिसकेको पनि उनले जानकारी दिए।

योसँगै सुदूरपश्चिममा कोरोना संक्रमित मृतकको संख्या १४ पुगेको छ। हिजो मात्रै भदौ १ गते मृत्यु भएका कैलालीकै एक पुरुषमा पनि कोरोना पुष्टि भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: