कोरोना विशेष अस्पतालमा तिलोत्तमाकी उपचाररत महिलाको मृत्यु

meropati

बुटवल, ११ भदौ । लुम्बिनी प्रादेशिक अस्पतालको कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत अर्की १ जना संक्रमित महिलाको मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमका अनुसार रुपन्देहीको तिलोत्तमा नगरपालिका २ जानकीनगरकी ७० वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।



२६ साउनमा कोरोना भाइरस संक्रमण पुष्टि भएकी उनको घरमा आइसोलेशनमै बसेर उपचार भइरहेको थियो । घरमा उपचारका क्रममा स्वास्थ्यमा समस्या आएपछि थप उपचारका लागि ३१ साउनमा धागो कारखानास्थित कोरोना अस्पतालमा भर्ना गरिएको थियो ।

उनलाई ४ दिनअघिदेखि भेन्टिलेटरमा राखेर उपचार जारी थियो । उनलाई प्लाज्मा दिएर बुधबारसम्म सुधार भइरहेकोमा रातिदेखि स्वास्थ्य अवस्था बिग्रेको थियो । उनलाई बिहीबार पनि थप प्लाज्मा दिने तयारी थियो ।

संक्रमित महिलामा उच्च रक्तचापको समस्या रहेको थियो। अस्पतालमै उपचाररत कपिलवस्तुका एकजना पुरुषको बुधबार राति मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: