आइसियूमा उपचारको क्रममा अर्घाखाँचीका कोरोना संक्रमित पुरुषको मृत्यु

meropati

काठमान्डौं, ११ भदौ । अर्घाखाँची स्थायी घर भएका ५५ वर्षीय पुरुषको किस्टअस्पतालको आइसियूमा उपचारको क्रममा मृत्यु भएको छ। उनको बुधबार राति ८ बजे मृत्यु भएको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले पुष्टि गरेका छन् ।

मृतक पुरुष केही समयदेखि उपत्यकामा बस्दै आएका थिए। उनलाई गत ७ गते अस्पताल भर्ना गरिएको हो । उनि पहिला उपचार गर्न किस्ट अस्पताल पुगेका थिए भने उनमा निमोनिया देखिएपछि आइसियूमा उपचार गरिएकाे अस्पतालले जनाएकाे छ । तर पछि उनमा कोरोना संक्रमण समेत देखिएकाे छ ।



‘उहाँलाई भर्ना गर्दा नै निमोनियाको समस्या थियो। त्यसपछि हामीले आइसियूमै राखेर उपचार गर्यौं। ९ गते पिसिआरको नतिजा आउँदा उहाँमा कोरोना पोजेटिभ देखियो,’ पाठकले भने।

उनले मृतकको शब अस्पतालमै राखिएको र व्यवस्थापनको लागि नेपाली सेनाको टोलीलाई खबर गर्ने काम भइरहेको जनाए।

नेपालमा पछिल्लो समय कोरोनाका कारण मृत्यु हुनेकाे दर बढीरहेकाे छ । केहि समय यता देशका विभिन्न जिल्लामा निषेधाज्ञा तथा लकडाउन समेत जारी छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: