आज १ हजार १ सय ११ जना संक्रमित थपिएका मध्ये कुन जिल्लाका कति ?

meropati

काठमाडौं, ११ भदौ । आज थप १ हजार एक सय ११ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११११ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुार १२ हजार २५३ जनाको पीसीआर परीक्षण गर्दा ११११ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ।



पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ५६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार ७३  जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १५ हजार २७३  रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १२  हजार ६२९ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख  ४७ हजार ८८१  जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ६३ जना र होम आइसोलेसनमा ६ हजार २१० रहेका छन् । आजसम्म देशभर ९ हजार ४८८  जना क्‍वारेन्टिनमा रहेका छन् ।

बागमती प्रदेशमा १३ जना र प्रदेश १ मा एकजना भेन्टिलेटरमा रहेका छन् । देशभर १५१ जना आईसीयूमा रहेका छन् । जसमा सबैभन्दा बढी बागमती प्रदेशका ६० जना रहेका छन् ।

पाँच सयभन्दा बढी संक्रमित रहेका जिल्ला सात रहेका छन् । मोरङ, पर्सा, रौतहट, महोत्तरी, सर्लाही, बारा र काठमाडौं रहेका छन् । मुस्ताङ र हुम्लामा कोरोना भाइरसको संक्रमण शून्य रहेको छ।

हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ३५ हजार ५सय २९  पुगेको छ ।

कहाँ थपिए आज संक्रमितः

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका २७०, ललितपुरका ६६, भक्तपुरका ४१, खोटाङका १, मोरङका २०, संखुवासभाका ४, सुनसरीका ३८, धनुषाका ३९, पर्साका ८५, बाराका ३०, महोत्तरीका ७, रौतहटका १५, सप्तरीका २२, सर्लाहीका ६, सिरहाका ७, काभ्रेका १३, चितवनका ४५, दोलखाका २, धादिङका १, नुवाकोटका ७, मकवानपुरका ६३, रामेछापका ६, सिन्धुलीका ५, कास्कीका २ र गोर्खाका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै तनहुँका ११, नवलपरासीका १७, पर्वतका १, लमजुङका ३, बागलुङका ८, कपिलवस्तुका २१, गुल्मीका ३, दाङका २, नवलपरासीका १८, प्यूठानका ४, बर्दियाका १, बाँकेका ७५, रुपन्देहीका ७२, जाजरकोटका ५, दैलेखका १२, सुर्खेतका ९, कञ्चनपुरका ६, कैलालीका २०, डोटीका ६, बझाङका १ तथा बैतडीका १७ जना संक्रमित थपिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: