आज थपिएका ९२७ संक्रमितहरु मध्ये कुन जिल्लाका कति ?

meropati

काठमाडौं, १२ भदौ । आज थप ९२७ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुार १० हजार ९२९ जनाको पीसीआर परीक्षण गर्दा ९२७ जनामा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ।



पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट १६९ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २० हजार २४२  जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।

आजसम्म देशभर सक्रिय संक्रमितको संख्या १६  हजार १९  रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट १० हजार २२९  जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख  ५८  हजार ११०  जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ५७३ जना र होम आइसोलेसनमा ६ हजार ४४६ रहेका छन् । आजसम्म देशभर ८ हजार ९३९  जना क्‍वारेन्टिनमा रहेका छन् ।

आज कहाँ कति थपिएः

स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओखलढुङ्गाका १, झापाका १५, पाँचथरका २, मोरङका ४७, संखुवासभाका २, सुनसरीका ४१, सोलुखुम्बुका १, धनुषाका २०, पर्साका १, बाराका ४, महोत्तरीका १३, रौतहटका २१, सप्तरीका ७, सर्लाहीका १३, सिरहाका १२, काठमाडौँका ३५०, काभ्रेका १७, चितवनका २६, धादिङका १६, नुवाकोटका ३, भक्तपुरका ५४, मकवानपुरका ५१, रसुवाका १ र ललितपुरका ११ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकका १, सिन्धुलीका २, कास्कीका १६, गोरखाका १, तनहुँका ४, नवलपरासीका १३, लमजुङका २, बाग्लुङका १, अर्घाखाँचीका २,कपिलवस्तुका २, दाङका १, बर्दियाका २, बाँकेका ३६, रुपन्देहीका ७२, जुम्लाका ६, दैलेखका ११, सल्यानका ३, कञ्चनपुरका १, कैलालीका ११ तथा डोटीका ९ जनामा संक्रमण पुष्टि भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: