वितेकाे २४ घण्टामा बुटवलका विभिन्न वडामा २४ जना संक्रमित थपिए

meropati

बुटवल, १२ भदौ ।  बुटवल उपमहानगरपालिकामा आज शुक्रबार थप २४ जनामा कोरोना भाइरस पुष्टी भएकाे छ ।  बुटवल उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख कुन्दन कुमार सिंहका अनुसार १४ जना पुरुष र १० जना महिलामा संक्रमण देखिएकाे हो ।

बुटवल उपमहानगरका वडा नं ३,५,६ र ८ मा १/१ जना संक्रमित भेटिएका छन् भने वडा न ९ मा ८ जनामा १२ न वडामा  ४ जनामा र १३ नम्बर वडामा २ जनामा संक्रमण पुष्टि भएकाे  हो । त्यसबाहेक बुटवल क्षेत्र उल्लेख भएका अरु ६ जना छन् उनिहरुकाे ठेगाना कहाँ हो भन्ने खुलाइएकाे छैन ।



बुटवलमा यो सँगै संक्रमितको संख्या २५८ पुगेको छ भने सक्रिय संक्रमित २०७ जना रहेका छन् । ५१ जना भने संक्रमणमुक्त भएका छन्।

 

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: