भिडियोकलबाट श्राद्ध गर्न/गराउन तिलोत्तमा नगरको आग्रह

meropati

बुटवल, १३ भदौ । रुपन्देहीको तिलोत्तमामा नगरपालिकाले सोह्रश्राद (पितृपूजन)मा कार्य वैकल्पिक तरिकाले विद्युतीय भर्चूअल माध्यमबाट गर्न आग्रह गरेको छ । नगरले शुक्रवार एक सूचना जारी गर्दै एक जना पूरोहित सोह्रश्राद कार्यमा एकै दिन धेरै जनाको घरमा जाने प्रचलन रहेकाले यस पटक कोरोना संक्रमणको जोखिमका कारण वैकल्पिक तरिकाले विद्युतीय भर्चूअल माध्यबाट सोह्रश्राद गर्ने गराउने व्यवस्था गर्न अपिल गरेको हो।

नगरपालिकाले सूचना निकालेर सोह्रश्राद्ध कार्यमा आफन्त, छरछिमेकी, ईष्टमित्र, बन्धुबान्धवलाई आमन्त्रण नगरी परिवारका सदस्यहरु मात्रै सामेल हुने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ। नगरपालिकाले जन्म, न्वारान, व्रतबन्ध, विवाह, मृत्युसंस्कार जस्ता कर्म पनि पारिवारिक रुपमा गर्न भनेको छ । नगरपालिकाले जन्म, न्वारान, व्रतबन्ध, विवाह, मृत्युसंस्कार पारिवारिक रुपमा गर्न भनेको छ । प्रत्येक वर्ष आश्विन कृष्ण पितृपक्षमा गरिने श्राद्ध (पितृपूजन) यस वर्ष भदौ १७ गतेबाट सुरु हुदैँ छ ।



Leave a Reply

Your email address will not be published.

%d bloggers like this: