थप ८८४ जनामा कोरोना पुष्टि

meropati

काठमाडौं, १३ भदौ । आज थप ८८४ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८८४ संक्रमित थपिएका हुन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार ११ हजार ५१६ जनाको आरटी–पीसीआर परीक्षण गर्दा २४२ महिला र ६४२ पुरुषमा कोरोना पुष्टि भएको हो। योसँगै नेपालमा कुल संक्रमितको संख्या ३७ हजार नाघेकाे छ।



हाल सक्रिय संक्रमित १६ हजार ५७८ जना रहेकोमा होम आइसोलेसनमा ६ हजार ४४५ र संस्थागत आइसोलेसनमा १० हजार १४५ जना रहेका प्रवक्ता गौतमले बताए । हालसम्म कूल २० हजार ५५५ संक्रमित डिस्चार्ज भइसकेका छन् । डिस्चार्ज हुने प्रतिशत ५५% रहेको उनले बताए ।

हाल क्वारेन्टीनमा ८ हजार ३५ जना रहेका छन् । हाल गम्भीर अवस्थामा रहेका २२ जनाको भेन्टिलेटरमा उपचार भइरहेको उनले बताए । सक्रिय संक्रमित ५०० भन्दा बढी रहेका जिल्ला मोरङ, धनुषा, पर्सा, बारा, महोत्तरी, रौहतट, सर्लाही, काठमाडौं र ललितपुर रहेका छन् । सक्रिय संक्रमण शून्य रहेका जिल्ला मुस्ताङ र हुम्ला रहेका प्रवक्ता गौतमले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: