पाल्पा, गुल्मी, अर्घाखाँची, रुपन्देहीमा सहित आज थपिएका ८९९ जना मध्ये कुन जिल्लामा कति?

meropati

काठमाडौं, १५ भदौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ८९९ संक्रमित थपिएका हुन् । जसमा ३०३ महिला र ५९६ पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्‍न अस्पतालबाट ५८८ जना डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २१ हजार ४१० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५४ प्रतिशत रहेको छ ।



पछिल्लो २४ घण्टामा देशभरका ३९ प्रयोगशालाबाट ११ हजार १२९  जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म जम्मा ६ लाख ९३  हजार ३७२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार  जना र होम आइसोलेसनमा ६ हजार  रहेका छन् । आजसम्म देशभर ७ हजार ३३७  जना क्‍वारेन्टिनमा रहेका छन् ।

आज कहाँ कहाँ थपिए संक्रमितः

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १९०, ललितपुरका ६७, भक्तपुरका ४१, ओखलढुङगााका १, खोटाङका १, झापाका ५, मोरङका १९, संखुवासभाका ९, सुनसरीका २५, धनुषाका ३१, पर्साका ३४, बाराका २३, महोत्तरीका ६, रौतहटका १, सप्तरीका २२, सर्लाहीका १०३, सिराहाका ५, काभ्रेका १३, चितवनका ७१, दोलखाका २, धादिङका १, मकवानपुरका ४२, रामेछापका २, सिन्धुपाल्चोकका १, सिन्धुलीका ७, कास्कीका ३, गोर्खाका १३, तनहुँका २६, नवलपरासीका ७, लमजुङका २, बागलुङका ४, अर्घाखाँचीका २, कपिलवस्तुका १, पाल्पाका १, वर्दियाका २, बाँकेका १४, रुपन्देहीका ११, जुम्लाका १, सुर्खेतका ३८, अछामका २३, कञ्चनपुरका ७, कैलालीका १६, डोटीका १, बझाङका १ तथा बैतडीका २ जना संक्रमित थपिएका हुन्।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: