इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत थप ११ प्रहरीमा कोरोना संक्रमण पुष्टि

meropati

बुटवल, १६ भदौ । देशैभर प्रहरीहरुमा समेत कोरोना संक्रमण बढ्दो छ यस्तै बुटवलमा कार्यरत थप ११ जना प्रहरीमा कोरोना संक्रमण देखिएकाे छ ।

इलाका प्रहरी कार्यालय बुटवलमा कार्यरत २४ जना प्रहरीहरुकाे स्वाब संकलन गरेर कोरोना परिक्षण गर्दा  ११ जनाको रिपोर्ट पोजेटिभ आएको छ जम्मा २४ जना मध्ये १९ जनाको रिपोर्ट आएकाे छ १९ जनामा ११ जना पोजेटिभ र बाँकी ८ जनाको नेगेटिभ आएकाे इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक प्रतितसिंह राठौरले बताए । संक्रमण देखिएका सबै पुरुषहरु हुन् ।



स्वाब संकलनमा सहभागी भएका मध्ये अन्यको भने अझैं रिपोर्ट आइसकेको छैन । लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणको रिपोर्टअनुसार संक्रमण देखिनेहरु प्रहरी जवानदेखि अधिकृतसम्मका रहेका छन्। प्रहरी कार्यालयका अरु ६ जनामा लक्षण देखिएपछि उनीहरुलाई क्‍वारेन्टिनमा राखिएको उनले बताए। संक्रमण देखिएकाहरु बुटवल उपमहानगरपालिकाको कोरिया नेपाल टेक्निकल इन्स्टिच्युटको आइसोलेशनमा छन्।

१५० भन्दा बढी प्रहरी रहेको इलाका प्रहरी कार्यालयमा संक्रमितको संख्या ३० पुगेको छ। यसअघि १० भदौमा १५ थुनुवा र ४ जना प्रहरीमा संक्रमण पुष्टि भएको थियो।

थुनुवा र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरूको सम्पर्कमा आएका र लक्षण देखिएका प्रहरीमा गरिएको परीक्षणमा सोमबार थप ११ जनामा कोरोना पुष्टि भएको हो। अरु केही प्रहरीमा पनि कोरोना भाइरसको संक्रमणपछि देखिने लक्षण देखिएका छन्।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: