कोरोना विशेष अस्पताल बुटवलमा थप एक कोरोना संक्रमितको मृत्यु

meropati

बुटवल, १७ भदौ । कोरोना विशेष अस्पताल बुटवलमा उपचाररत कपिलवस्तु जिल्ला कपिलवस्तु नगरपालिका वडा नं ११ की ६० वर्षीया महिलाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले जनाएकाे छ।  अस्पतालले एक प्रेस बिज्ञप्ती निकालेर मृत्यु भएकाे जानकारी दिएकाे छ ।

गत भदौ ७ गते अस्पतालमा भर्ना भएकी महिलामा उच्च रक्तचापको समस्या रहेको र उनको उपचारका क्रममा बुधबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी द्धारा हस्ताक्षरित विज्ञप्तीमा जनाइएको छ ।



Leave a Reply

Your email address will not be published.

%d bloggers like this: