अर्घाखाँचीमा निषेधाज्ञाको समय थपियो भदौ २४ गतेसम्म यथावत रहने

meropati

अर्घाखाँची, १७ भदौ । भदौ १७ (आज) राती १२ बजेसम्म तोकिएको निषेधाज्ञा अवधी अर्घाखाँचीमा थपिएकाे छ । थप समय थप गर्दै भदौ २४ गते राती १२ बजेसम्मका निषेधाज्ञा जारी रहने भएको हो ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले आज सकिने भनिएकाे निषेधाज्ञा थप गरि भदौ २४ गते राती १२ बजेसम्म थप गरिएको जनाएको छ। राय-सुझावकै आधारमा निषेधाज्ञा थपिएको प्रशासनका अधिकारीहरूले बताएका छन्‌।



जिल्ला प्रशासन कार्यालयले मंगलबार आयोजना गरेको भेटघाटमा जिल्लाका राजनीतिक दल र सञ्चारकर्मीहरूले  निषेधाज्ञा थप गर्न सुझाव दिएका थिए।

बुधबार बिहान जिल्ला प्रशासन कार्यालयमा बसेको डिसीसीएमसीको बैठकले भदौ २४ गते राती १२ बजेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी बिक्रम थापाले बताए।

तराईसँग सिमाना जोडिएका छिमेकी जिल्ला रुपन्देही र कपिलवस्तुमा दैनिक कोरोना संक्रमित बढिरहेको र अर्घाखाँचीमा पनि समुदायस्तरमा कोरोना संक्रमित फेला पर्न थालेपछि निषेधाज्ञा गर्नुको विकल्प नभएको प्रशासनले जनाएको छ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: