थप ११२० जनामा कोरोना पुष्टिः संक्रमित संख्या ४१६४९ पुग्यो

meropati

काठमाडौं, १७ भदौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११२० संक्रमित थपिएका हुन् । जसमा ३२० महिला र ८०० पुरुष रहेका छन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४१ हजार ६४९  पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार १०८  रहेको छ ।



पछिल्लो २४ घण्टामा एक हजार ११२ जना देशभरका विभिन्‍न अस्पतालबाट  डिस्चार्ज भएका छन् । पछिल्लो  त्यसैगरी हालसम्म २३ हजार २९० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।

देशभरका संस्थागत आइसोलेसन १०  हजार ४९३ जना र होम आइसोलेसनमा ७ हजार ६१५ रहेका छन् । आजसम्म देशभर ६ हजार ७६७  जना क्‍वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: