थप १२ जनाको कोरोनाका कारण मृत्युः मृतक संख्या २५१ पुग्यो

meropati

काठमाडौं, १७ भदौ । पछिल्लो २४ घण्टामा देशभर थप १२ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएकाे छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आज थप १२ जनाको मृत्यु भएकाे पुष्टि गरेका छन् । आज मृत्यु हुनेहरुमा ६ जना महिला र ६ जना पुरुषहरु हुन् ।

यो संगैं नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या २५१ पुगेकाे छ यो कुल संक्रमितिको ०.६ प्रतिशत हो । मृतक संख्याको दर समेत हरेक दिन बढीरहेकाे मन्त्रालयले जनाएकाे छ ।



नेपालमा कुल संक्रमित संख्या ४१ हजार ६ सय ४९ जना हालसम्म संक्रमित छन् भने बुधवार सम्म जम्मा २३२९० जना निको भइरकेका छन् ।

मंगलवार १ हजार ६९ जनामा संक्रमण देखिएको थियो भने ११ जनाको मृत्यु भएको थियो। बुधवार काठमाडौंमा ३५०, भक्तपुरमा ९ र ललितपुरमा २९ जना संक्रमित थपिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: