रुपन्देहीमा थप एक कोरोना संक्रमितको मृत्यु

meropati

बुटवल, १७ भदौ । भैरहवाको भीम अस्पतालमा उपचाररत बुटवल उपमहानगरपालिका– ६ सब्जीमण्डीका ५७ बर्षीय पुरुषको बुधबार दिउँसो मृत्यु भएको छ ।

अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलका अनुसार भदौ १५ गतेदेखि आईसीयूमा उपचाररत उनलाई बुधबार दिउँसो ३ बजे हृदयघात भएको र साढे ३ बजे मृत्यु भएको हो । उनी मुटुको रोगी थिए ।



१० वर्षअघि मुटुको शल्यक्रिया गरेका उनले नियमित औषधि सेवन गर्दै आइरहेका डा. पोखरेलले बताए । बुटवलको कोरोना बिशेष अस्पतालमा आईसीयू बेड नभएपछि भीम अस्पतालमा उपचार गराइरहेका उनको स्वास्थ्य अवस्था स्थिर रहेकामा एक्कासी हृदयघात भएको पोखरेलले बताए ।

अस्पतालमा कोरोना संक्रमित मृतककी श्रीमतीको पनि आईसीयूमै राखेर उपचार भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: