आज थपिएका १२२८ जना कोरोना संक्रमित कुन जिल्लामा कति?

meropati

काठमाडौं, १८ भदौ । नोभेल कोरोना भाइरसका एक हजार २२८ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २२८ संक्रमित थपिएको जानकारी दिए ।

जसमा ३९४ महिला र ८३४  पुरुष रहेका छन् ।  देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।



पछिल्लो २४ घण्टामा  जना देशभरका विभिन्‍न अस्पतालबाट ९१७ डिस्चार्ज भएका छन् । पछिल्लो  त्यसैगरी हालसम्म २४ हजार २०७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।

आज देशभरका १३ हजार ४१७ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ३१ हजार ८५२ पीसीआर परीक्षण गर्नेको संख्या ६ लाख पुगेको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ६७१ जना र होम आइसोलेसनमा ७ हजार ७४२ रहेका छन् । आजसम्म देशभर ६ हजार ७४९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

आज कहाँ भेटिएः

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३५७, ललितपुरका ४६, भक्तपुरका ४२, उदयपुरका २, ओखढुङगाका ७, झापाका १२, तेह्रथुमका २, धनकुटाका ३, मोरङका ४६, संखुवासभाका ६, सुनसरीका २७, धनुषाका ६४, पर्साका ६५, बाराका ७१, महोत्तरीका २०, रौतहटका २९, सप्तरीका १, सर्लाहीका १०९, काभ्रेका ७, चितवनका ५६, दोलखाका ५, धादिङका ३, नुवाकोटका ४, मकवानपुरका २२, रामेछापका १, सिन्धुपाल्चोकका ३, कास्कीका ३१, गोर्खाका ५, तनहुँका ३, नवलपरासीपुर्वका ६, लमजुङका ९, बागलुङका १, कपिलवस्तुका ११, गुल्मीका १०, दाङका ४, नवलपरासीका ९, पाल्पाका २, प्युठानका २, वर्दियाका ५, बाँकेका ८, रुपन्देहीका ५२, कालिकोटका २, जाजरकोटका १, दैलेखका ६, सल्यानका २, सुर्खेतका ७, अछामका ६, कञ्चनपुरका ३, कैलालीका १५, डोटीका ४, दार्चुलाका २, बझाङका १० तथा बैतडीका २ जनामा संक्रमण पुष्टि भएको हो। देशभर १८ हजार ४१३ जना सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: