बाग्लुङ्गको बाढी पहिरोमा परेका १९ जनाको शव फेला, २१ जना अझै बेपत्ता

meropati

बाग्लुङ्ग, १८ भदौ । बागलुङको ढोरपाटनस्थित भुजीखोलामा आएको बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ ।

अझै २१ जना बेपत्ता छन् । मृत्यु हुनेमध्ये २ जनाको मात्र सनाखत भएको छ । जसमा ढोरपाटन–९ भट्टचौरकी २६ वर्षीया केशमाया विक र लाकुरीबोटका ४५ वर्षीय करबहादुर विकको पहिचान भएको छ । अन्यको सनाखत हुन बाँकी छ ।



अबिरल वर्षा सँगै ढोरको देउराली देखी भूजीखोलामा आएको बाढी पहिरोले पछिल्लो अपडेट अनुसार ढोरपाटन नगरपालिका ८ र ९ वडा साबिक बोवाङ गाविसको भूजीखोला किनारमा रहेका बस्तीहरुका ७५ घर बगाएको छ ।

मध्यरातिमा एक्कासी आएको भीषण बाढी पहिरोमा परी बेपत्ता हुनेहरुको संख्या २१ पुगेको छ भने हाल सम्म १९ जनाको शव फेला परेको छ ।

फेला परेको शव मध्य ढोरपाटन नगरपालिकाकी २६ वर्षिया केशमायाँ बिकको पहिचान भएको छ भने अन्यको सनाखत गर्ने कार्य भैरहेको छ । बाढी पहिरोमा परी ज्यान गुमाएकाहरुको शव बडीगाड गाउपालिका खर्वाङ सम्म पुराएको स्थानीयले बताएका छन् । बाढी पहिरोमा बेपत्ता हुनेमा गल्कोट नगरपालिकाका नवीन भण्डारी रहेको स्थानीयले जानकारी दिए । घाईतेहरुको उद्धारकार्य जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: