बुटवलमा थप १ जना संक्रमितको मृत्यु

meropati

बुटवल, १९ भदौ । बुटवलमा उपचारकाे क्रममा थप एक जना कोरोना भाइरस संकमितकाे  मृत्यु भएकाे छ । बुटवलमा बनाइएकाे कोरोना विशेष अस्पतालमा उपचारकाे क्रममा बुटवल वडा न  ८ का ७८ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए।

आज बिहान ९ बजे मृत्यु भएको हो । उनि पुरुष भदौ ४ गते अस्पताल भर्ना भएका थिए। उनको विगत ९ दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनमा मधुमेह र उच्च रक्तचापको समस्या थियो।  योसँगै रुपन्देहीमा कोरोना भाइरसको संक्रमणका कारण मृत्यु हुनेको संख्या १२ पुगेको छ।



Leave a Reply

Your email address will not be published.

%d bloggers like this: