आज थपिएका १३५९ जना मध्ये कहाँका कति संक्रमित ?

meropati

काठमाडौं, १९ भदौ । नोभेल कोरोना भाइरसका १३५९ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामाा १३५९ संक्रमित थपिएको जानकारी दिए ।

जसमा ४६४ महिला र ८९५ पुरुष रहेका छन् ।  देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४०४  रहेको छ ।



पछिल्लो २४ घण्टामा एक हजार ३५४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । पछिल्लो  त्यसैगरी हालसम्म २५  हजार ५६१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५८ प्रतिशत रहेको छ ।

आज देशभरका १३ हजार ६३८ जनाको पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ४५ हजार ४९० पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १० हजार ९४२ जना र होम आइसोलेसनमा ७ हजार ४६२  रहेका छन् । आजसम्म देशभर ६ हजार ५६१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

कहाँ कति थपिए संक्रमितः

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३८६, ललितपुरका ३२, भक्तपुरका ३६, उदयपुरका १, खोटाङका २/२, मोरङका ७६, सुनसरीका ३९, झापाका २८, धनुषाका ४३, पर्साका २७, बाराका २१, महोत्तरीका ४६, रौतहटका २, सप्तरीका २६, सर्लाहीका ८०, सिराहाका १, काभ्रेका ७, चितवनका ८२, दोलखाका २, धादिङका १९, नुवाकोटका ५, मकवानपुरका १८, रसुवाका १, रामेछापका १३, सिन्धुपाल्चोकका ४, सिन्धुलीका २, कास्कीका २०, गोर्खाका २६, तनहुँका १२, नवलपरासीपुर्वका २८, म्याग्दीका १, लमजुङका १०, बागलुङका १, स्याङजाका ३, कपिलवस्तुका ७, गुल्मीका २, दाङका ७, पाल्पाका ६, वर्दियाका १४, बाँकेका ४८, रुकुमपुर्वका १, रुपन्देहीका ४४, जाजरकोटका २, जुम्लाका २१, दैलेखका ९, रुकुमपश्चिमका १, सल्यानका १, सुर्खेतका २२, अछामका १, कञ्चनपुरका ५, कैलालीका ५२, डोटीका ४, दार्चुलाका ३, बझाङका ३ तथा बैतडीका ३ जना संक्रमित थपिएका हुन्।

देशभर १८ हजार ४०४ जना सक्रिय संक्रमित रहेका छन्।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: