रुपन्देहीमा ७१ सहित आज थपिएका संक्रमितहरु कुन जिल्लाका कति ?

meropati

काठमाडौं, २० भदौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १०४१ संक्रमित थपिएका हुन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४५२७७  पुगेको छ ।

गौतमका अनुसार २४ घण्टामा ३४९ महिला र ६९२ पुरुष गरेर १०४१ जनामा संक्रमण पुष्टि भएको हो ।



मन्त्रालयका अनुसार २४ घण्टामा १५ सय ६६ जना डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या  २७ हजार १२७ पुगेको छ। यो कुल संक्रमितको ६० प्रतिशत हो।

२४ घण्टामा कोरोनाले ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या २८० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार इलाममा १, उदयपुर ३, ओखलढुङ्गामा २ झापामा ७, माेरङमा ३५,  सुनसरीमा २०, धनुषामा ७,  पर्सामा १०,  बारामा १३, महाेत्तरीमा २६, सप्तरीमा २०, सर्लाहीमा १७, सिरहामा ४१, काठमाडौँमा ३२६, काभ्रेमा ६, चितवनमा ४५, दाेलखामा ६,  धादिङमा १०, नुवाकोटमा १, भक्तपुरमा ४५, मकवानपुरमा ३५, रामेछापमा ५, ललितपुरमा ३७, र सिन्धुलीमा २ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै कास्कीमा २३, गोरखामा १७, तनहुँमा ३, नवलपरासीपूर्वमा ५, पर्वतमा  १, लमजुङमा २२, बागलुङमा ६, स्याङ्जामा ३, अर्घाखाँचीमा १, कपिलवस्तुमा १, गुल्मीमा ६, दाङमा ३९, नवलपरासीमा १३, पाल्पामा ३, प्यूठानमा १, बर्दियामा ७, बाँकेमा ६२, रुपन्देहीमा ७१, रोल्पामा १, जाजरकाेटमा ३, दैलेखमा ३, सल्यानमा २, कञ्चनपुरमा ५, कैलालीमा ४, डडेल्धुरामा १, डोटीमा २ र बझाङमा १६ कोरोना संक्रमित थपिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: