रुपन्देहीमा आज भेटिएका संक्रमितहरु कुन ठाँउका कति ?

meropati

बुटबल, २० भदौ । रुपन्देहीमा आज शनिबार ६६ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। परिक्षणको दायरा बढेसँगै जिल्लामा दैनिक रुपमा संक्रमितको संख्या बढिरहेको छ।

आज थपिएका संक्रमितसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ६ सय २७ पुगेको छ। निजी ल्याब सहित लुम्बिनी प्रादेशिक अस्पताल, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट नियमित रुपमा परिक्षण भइरहेको छ।



आज भेटिएका संक्रमितहरु मध्ये सबैभन्दा बढी रोहिणी गाउँपालिकामा ११ महिला र १४ पुरुष गरी २५ जना संक्रमित थपिएका छन्। त्यस्तै बुटवल उपमहानगरपालिकामा ५ जना, सिद्धार्थनगर नगरपालिका क्षेत्रमा ८ जना, मायादेवीमा ५ जना, कञ्चनमा ६ जना, शुद्धोधनमा ६ जना, सैनामैनामा ९ जना, र तिलोत्तमामा २ जना संक्रमण पुष्टि भएको छ।

जिल्लाका संक्रमित मध्ये २६ जना महिला र ४० जना पुरुष हुन्। आज थपिएका संक्रमितसँगै जिल्लामा कुल संक्रमितको संख्या १ हजार २ सय ५६ पुगेको शाहले जानकारी दिए।

कार्यालयले दिएको तथ्यांकअनुसार हालसम्म १३ जनाको मृत्यु भएको छ। जिल्लाका विभिन्न क्षेत्रबाट ६१६ जना निको भएर फर्किसकेका छन् भने ६२७ जना सक्रिय संक्रमित विभिन्न आइशोलेशनमा उपचाररत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: