थप ९८० जनामा कोरोना पुष्टिः १८ सय भन्दा धेरै डिस्चार्ज

meropati

काठमाडौं, २१ भदौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९८० संक्रमित थपिएका हुन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४६२५७  पुगेको छ ।

जसमा २९०  महिला र ६९० पुरुष रहेका छन् ।  देशभर आजसम्म सक्रिय संक्रमितको १७ संख्या २७ हजार रहेको छ ।



पछिल्लो २४ घण्टामा एक हजार ८१४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २८ हजार ९४१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ६३ प्रतिशत रहेको छ ।

आज देशभरका हजार १० जनाको ३८२ पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ६८ हजार ३४५ पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार २०१ जना र होम आइसोलेसनमा ७ हजार ८२६ रहेका छन् । आजसम्म देशभर ४ हजार ३०३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: