पाल्पा, रुपन्देही सहित आज थपिएका ९८० संक्रमित मध्ये कहाँका कति ?

meropati

काठमाडौं, २१ भदौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९८० संक्रमित थपिएका हुन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४६२५७  पुगेको छ ।

जसमा २९०  महिला र ६९० पुरुष रहेका छन् ।  देशभर आजसम्म सक्रिय संक्रमितको १७ संख्या २७ हजार रहेको छ ।



पछिल्लो २४ घण्टामा एक हजार ८१४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म २८ हजार ९४१ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ६३ प्रतिशत रहेको छ ।

आज देशभरका हजार १० जनाको ३८२ पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ६८ हजार ३४५ पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार २०१ जना र होम आइसोलेसनमा ७ हजार ८२६ रहेका छन् । आजसम्म देशभर ४ हजार ३०३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

आज यि जिल्लामा थपिए संक्रमितः

स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरका १, ओखलढुङगाका १, झापाका २८, ताप्लेजुङका १, भोजपुरका १, मोरङका २९, संखुवासभाका ६,

सुनसरीका ८६, धनुषाका १०, पर्साका २५, बाराका ८३, महोत्तरीका ३, रौतहटका ८, सप्तरीका ११, सर्लाहीका ५, सिराहाका ६,

काठमाडौँमा २९०, ललितपुरका ३२, भक्तपुरका ३२, काभ्रेका १, चितवनका ३०, दोलखाका ७, धादिङका १०, सिन्धुपाल्चोकका १, सिन्धुलीका २,

बागलुङका ३, कास्कीका २१, गोर्खाका ५, तनहुँका ७, नवलपरासीपुर्वका १२, लमजुङका २, स्याङजाका २२,

अर्घाखाँचीका ११, कपिलवस्तुका ४, दाङका ३, नवलपरासीका २, पाल्पाका १९, प्युठानका ४, वर्दियाका ६, बाँकेका ६, रुपन्देहीका ३५,

कालिकोटका १, जाजरकोटका २, जुम्लाका ५, दैलेखका २, सुर्खेतका ४४,

अछामका ११, कञ्चनपुरका ३, कैलालीका २१, डढेलधुराका २ तथा बझाङका १० जना संक्रमित थपिएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: