अध्यक्षद्वय ओली-प्रचण्डबीच भेटवार्ता : स्थायी कमिटी बैठक २६ गते बस्ने

meropati

काठमाडौं, २२ भदौ । नेकपाको स्थगित स्थायि समिति बैठक बस्ने भएकाे छ । आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटवार्तामा कार्यदलको प्रतिवेदन र त्यसको कार्यान्वयनलगायतका विषयमा छलफल भएको थियो ।

अध्यक्षद्वयसँग परामर्श गरेर महासचिव विष्णु पौडेलले पार्टीको साउन १३ मा स्थगित गरिएको बैठक भदौ २६ गते बस्ने जानकारी दिए । उनका अनुसार त्यसअघि अध्यक्षद्वयबीच र सचिवालय बैठकसमेत बस्नेछ ।



Leave a Reply

Your email address will not be published.

%d bloggers like this: