आज थपिएका ९७९ जना संक्रमितहरु मध्ये कहाँ कति थपिए ?

meropati

काठमाडौं, २२ भदौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९७९ संक्रमित थपिएका हुन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ४७२३६  पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या  १६ हजार २५९रहेको छ ।



पछिल्लो २४ घण्टामा एक हजार ७३६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ३० हजार ६७७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर  ६५ प्रतिशत रहेको छ ।

आज देशभरका हजार ९ जनाको २१८ पीसीआर परीक्षण भएको छ । त्यसैगरी आजसम्म ७ लाख ७७ हजार ५६३ पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन ९ हजार ६६ जना र होम आइसोलेसनमा ७ हजार १९० रहेका छन् । आजसम्म देशभर ४ हजार ७३९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: