रुपन्देहीमा थप ४२ जना कोरोना पुष्टि, जिल्लामा सक्रिय संक्रमित ७१८ जना

meropati

बुटवल, २४ भदौ । केहि दिन देखि रुपन्देहीमा पनि दिनानुदिन कोरोना भाइरसका बिरामीहरु फेला पर्ने गरेका छन् । आज बुधबार पनि रुपन्देहीमा  ४२ जनामा कोरोना पुष्टि भएकाे छ ।

जिल्ला  स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार आज कोरोना भाइरस संक्रमित हुनेहरुमा  २४ जना पुरुष र १८ जना महिला रहेका छन् ।
आज भेटिएका संक्रमित संगैं जिल्लामा संक्रमितको संख्या १३९० पुगेको छ । आज सम्म ६५८ जना निको भएका छन् भने सक्रिय संक्रमितको संख्या ७१८ पुगेको छ।



स्वास्थ्य कार्यालयका अनुसार आज संक्रमित भेटिएकाहरुमा बुटवल उपमहानगरका ७ जना, सिद्धार्थनगर नगरपालीकाका २४ जना, कोटहीमाइ गाँउपालीकाका ५ जना, देवदह नगरपालीकाका २ जना, लुम्बिनी सांस्कृतिक नगरपालिकाका २ जना, शुद्धोधन र मायादेवी गाउँपालिकामा १–१ जना संक्रमित भेटिएका छन् ।

रुपन्देहीमा बुधबारसम्म कोरोनाका कारण १४ जनाको मृत्यु भएको छ भने ६५८ जना संक्रमणमुक्त भएका छन् ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: