बिर्घाका पहिरो पीडितलाई गरिमा विकास बैंकको राहत

meropati

मिलन विश्वकर्मा
पाल्पा, २५ भदौ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ बिर्घास्थित गरिमा विकास बैंकले पहिरो पीडित परिवारलाई राहत प्रदान गरेको छ ।

बिर्घा खहरेका स्वर्गीय टिकाबहादुर थापाको श्रीमती जिन्ता थापा र स्वर्गीय गिमान सिंह थापाको श्रीमती विष्णु थापालाई नगद राहत प्रदान गरेको हो । जिन्ता र विष्णु बैंकका समुह सदस्य हुन् । बैंकका शाखा प्रमुख दामोदर पाण्डेले उनीहरूलाई संस्थाको तर्फबाट नगद राहत प्रदान गर्नुभएको छ । समुहमा आवद्ध भएर ऋण कारोबार गर्दै आएकी जिन्तालाई नगद १० हजार राहत प्रदान गरिएको छ । भने सामान्य सदस्यको रुपमा आवद्ध विष्णुलाई नगद २ हजार प्रदान गरिएको छ ।



संस्थाको नियमानुसार ऋण लिएका सदस्यको निधन भएमा ती सदस्यको नाममा रहेको सबै ऋण मिनाह हुन्छ । सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सदस्यको श्रीमान वा श्रीमतीको मृत्यु भएमा १० हजार राहत उपलब्ध गराइन्छ । अन्य कुनै विपत्ति आइपरेमा पनि सदस्यलाई राहत दिने गरेको उहाँले बताउनुभयो । बैंकले कर्जा र बचतको काम मात्र नभई आवद्ध सदस्यको दुःखसुखमा सानोठूलो सहयोग गर्दै आएको प्रमुख पाण्डेले बताउनुभयो । धनी वर्ग भन्दापनि न्यून वर्गीय परिवारको जिविकोपार्जनमा बैंकले सहयोग गर्ने उहाँको भनाई छ ।

बिर्घाको भुस्टुङमा कार्यालय रहेको यस बैंकले कालिगण्डकी गाउँपालिकासहित छिमेकी जिल्ला पाल्पा र गुल्मीका नागरिकलाई समेत सेवा दिंदै आएको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: