थप १४५४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ५२ हजार नजिक

meropati

काठमाडौं, २६ भदौ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १४५४ संक्रमित थपिएका हुन् । हालसम्म देशभर कोरोना भाइरस संक्रमितको संख्या ५१९१९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर १० हजार ७ सय १ जनामा गरीएको परीक्षणमा १ हजार ४ सय ५४ जनामा कोरोना पुष्टि भएको हो ।



योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ हजार ९ सय १९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published.

%d bloggers like this: