रुपन्देहीमा थप ८३ जनामा संक्रमण पुष्टिः बुटवलका मात्रै ४६ जना थपिए

meropati

बुटवल, २६ भदौ । रुपन्देहीमा दिन प्रतिदिन कोरोना संक्रमित संख्या बढ्दो क्रममा छ । आज शुक्रबार मात्रै ८३ जनामा संक्रमण पुष्टि भएकाे छ । आज थपिएका संक्रमितहरुमा ५० जना पुरुष र ३३ जना महिला छन् ।

आज थपिएका संक्रमित संगैं जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या १५०४ पुगेको छ । जसमध्ये  आज ६९७ जना सक्रिय संक्रमित छन् ।



आज थपिएका ८३ जना संक्रमित मध्ये सबैभन्दा बढी बुटवल उपमहानगरका हुन् । बुटवलका मात्रै आज २६ पुरुष र २० महिला गरी ४६ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

आज संक्रमण हुने अन्य मध्ये सिद्धार्थनगर नगरपालीका भैरहवाका ११ जना महिला र ११ जना पुरुष गरी २२ जना, तिलोत्तमा नगरपालिकामा ५ जना पुरुष र २ जना महिला गरी ७ जना, जिल्लाको मायादेबी गाँउपालीकाका २ जना पुरुष, लुम्बिनी सांस्कृतिक नगरपालिका, देवदह नगरपालिका, सुद्धोधन गाउँपालिका, कोटहीमाइ गाउँपालिका, कञ्चन गाउँपालिका र सैनामैना नगरपालिका मा १-१ जना पुरुषमा संक्रमण पुष्टि भएको छ।   रुपन्देहीमा शुक्रबारसम्म ७९३ जना संक्रमणमुक्त भएका छन् भने १४ जनाको मृत्यु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: