उपचार खर्च नभएका सुन्धौलीलाई गाउँपालिकाको आर्थिक सहयोग

meropati

मिलन विश्वकर्मा
पाल्पा, २७ भदौ । स्याङ्जाको कालीगण्डकी गाउँपालिका ५ जैपतेस्थित सुन्धौलीटोलका गोविन्द सुन्धौलीलाई आर्थिक सहयोग प्रदान गरिएको छ । ४० हजार बढी आर्थिक सहयोग प्रदान गरिएको हो । गाउँपालिकाबाट २० हजार र नेपाल कम्युनिष्ट पार्टी ५ नम्बर वडा कमिटीले २२ हजार ६ सय ५ रुपैयाँ नगद सहयोग प्रदान गरेको स्थानीय प्रकाश न्यौपानेले बताउनुभयो ।

गाउँपालिका अध्यक्ष खिमबहादुर थापाले शनिबार पीडित सुन्धौलीको घरमा पुगेर सहयोग प्रदान गर्नु भएको हो । सहयोग रकम हस्तान्तरण गर्दै अध्यक्ष थापाले गरिब परिवारको लागि गाउँपालिकाले अभिभावकीय भूमिका निर्वाह गर्ने बताउनुभयो । उहाँले आवश्यक सहयोगको लागि अझै पनि पहल गर्ने आश्वासन दिनुभयो । अत्यन्तै नाजुक अवस्था रहेका सन्धौलीको उपचार खर्चमा सहयोग गर्न उहाँले सबैसँग अपिल समेत गर्नुभयो ।



२८ वर्षीय सुन्धौलीको विगत डेढ महिनादेखि पाल्पाको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ । प्याङ्क्राइज अर्थात पेटको सयपत्रीसम्बन्धी बिरामी भएका उनको पेटको अपरेशन गरिएको छ । थप उपचारको लागि काठमाण्डौ रेफर भएको आफन्त हुमा गोतामेले बताउनुभयो । तर आर्थिक अभावले लैजान नसकिएको उहाँले बताउनुभयो । ‘थप उपचारको लागि काठमाण्डौ रेफर भएको थियो’ उहाँले भन्नुभयो ‘आर्थिक अभाव भएपछि मिसनमा नै उपचार गर्न अनुरोध गरेका हौं। अहिलेसम्म दुइ लाख बढी खर्च भइसकेको गोतामले बताउनुभयो । अझै उपचार जारी छ । थप खर्च कति लाग्ने हो कुनै टुंगो छैन् । आर्थिक अभावले उपचार नपाएर भाइ मर्ने हो कि ? भन्ने चिन्ता लागेको उहाँले बताउनुभयो ।

गम्भीर बिरामी गोविन्दका वृद्ध बुवा आमा हुनुहुन्छ । बुवा दीर्घरोगी हुनुहुन्छ । उनकी एउटी बहिनी छन्। दुइ जना भाइ रोजागारको लागि भारत गएका छन् । लकडाउनका कारण उनीहरू समेत भारतमा अलपत्र परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

%d bloggers like this: